
बेलका नगरपालिका ९ रामपुरमा अवस्थित रामपुर पब्लिक एकेडेमीको आयोजनामा बृहत कल्चरल प्रोग्राम 2080 सम्पन्न भएको छ। उक्त एकेडेमीको प्राङ्गणमा विद्यार्थी, टिचर र अभिभावकको उपस्थितिमा सो कार्यक्रम आज सम्पन्न भएको हो।
कार्यक्रममा विद्यार्थीहरुले आ आफ्नो पोशाक लगाएर गीत, नृत्य र अन्य आ आफ्नो कला समेत प्रस्तुत गरेका थिए। प्रीन्सिपल ललित राई ले विद्यार्थीहरुलाई पढाई संगै अतिरिक्त क्रियाकलापको पनि आवस्यक भएको हुँदा सो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो।
