
१२ माघ २०८० – बेलका। बेलका नगरपालिका ९ रामपुर स्थित रामपुर पब्लिक एकेडेमीको तेस्रो त्रैमासिक परिक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम २०८० भब्य रुपमा सम्पन्न भएको छ। आफ्नै एकेडेमीको प्राङ्गणमा बिबिध कार्यक्रमका साथ उक्त कार्यक्रम आज सम्पन्न भएको हो।
बेलका नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष तथा बेलका सरकारका प्रवक्ता पदम खड्का को प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा प्याब्सन बेलका अध्यक्ष रबिन कार्की, शिक्षक, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।

एकेडेमीले तेस्रो त्रैमासिक परिक्षाको नतिजा सार्वजनिक गर्दै पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई प्रोत्साहन गर्दै हौसलाको लागि पुरस्कृत गरेको थियो। केही दिन अगाडि भएको आन्तरिक बिबिध अतिरिक्त क्रियाकलापको समेत पुरस्कार वितरण गरेको थियो।
एकेडेमीका प्रीन्सिपल ललित राई को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांँस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरेका थिए।
