
१६ फागुन – बेलका। उदयपुर जिल्लाको बेलका नगरपालिका ९ स्थित रामपुर पब्लिक एकेडेमीको २०औं वार्षिक उत्सव एवं अभिभावक दिवस २०८१ भब्यताका साथ सम्पन्न भएको छ। एकेडेमीको प्राङ्गणमा आज एक औपचारिक कार्यक्रमको बिच उक्त कार्यक्रम सम्पन्न भएको हो।
कोशी प्रदेशका सांसद राजन किराँती”बासु” को प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बेलका नगरपालिका ९ वडा अध्यक्ष भरत घिमिरे, विभिन्न निजी विद्यालयका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, आम अभिभावक, पत्रकार र विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रीन्सिपल ललित राई ले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै हाल शिक्षक कर्मचारी ३३ जना र विद्यार्थीहरु ६०० बढी रहेको बताउनु भयो। बिद्यालयले यसै बर्ष २४ थान ल्यापटप तथा म्युजिकका सामाग्रीहरु खरिद गरेको जानकारी गराउदै एउटा आफ्नै निजि बस र एउटा म्याजिक भाडामा चलाइरहेको प्रीन्सिपल राई ले बताउनु भयो।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सांसद राजन किराँती”बासु” ले बिद्यालय नतिजा तथा अन्य विभिन्न हिसाबले अगाडि रहेको कारण सफलता तर्फ अग्रसर रहेको बताउदै शुभकामना मन्तव्य व्यक्त गर्नु भयो।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए भने सन्देशमुलक नाटक समेत प्रस्तुत गरेका थिए।
