
१३ पुष – बेलका। बेलका ८ डुड्खोला स्थित यलम्बर एकता सेवा समाज द्वारा आयोजित प्रथम यलम्बर कप २०८१ मा यलम्बर स्पोर्टिङ क्लब(आयोजक) बेलका उदयपुर फाइनल प्रवेश गरेको छ। यलम्बर खेलमैदानमा आज भएको खेलमा पट्नाली फुटबल क्लब धरान १७ सुनसरीलाई ट्राईब्रेकरमा ४ – ५ गोलले पराजित गर्दै आयोजक फाइनलमा प्रवेश गरेको हो।
निर्धारित समयावधिमा दुबै टिमबाट कुनै पनि गोल नभएपछि खेल ट्राईब्रेकर(पेनाल्टी शुटआउट) मा धकेलिएको हो। आजको म्यान अफ द म्याच यलम्बरका उमेश कार्की घोषित भए। उनलाई ब्रदरहुड फुटबल क्लबका टिमले नगद रु.१००५/- सहित ट्रफीले पुरस्कृत गर्नु भयो।
विभिन्न पालिकाको ८ वटा टिमको सहभागीता रहेको यस प्रतियोगितामा बिजेता टिमले नगद रु.३५,००५/- सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन भने उप बिजेता टिमले नगद रु.२०,००५/- सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने आयोजकका अध्यक्ष भरत राई ले बताउनु भयो। साथमा अन्य बिधागत पुरस्कार समेत रहेको आयोजकका जबिन राईले बताउनु भयो।
हात्तिसार सामुदायिक बन उपभोक्ता समितिको सह-आयोजना, ब्रदरहुड फुटबल क्लबको प्राबिधिक सहयोग तथा रेडियो बेलका एफ.एम. १००.९ मेगाहर्जको मिडिया पार्टनर र प्रत्यक्ष प्रसारणमा पुष १६ गते सम्म संचालन हुने प्रतियोगिताको भोलि पुष १४ गते आइतबार सोमबारे फुटबल क्लब बेलका ८ उदयपुर र बराहक्षेत्र फुटबल क्लब बराहक्षेत्र सुन्सरी बिच दिउसो २ बजेबाट दोस्रो अर्थात अन्तिम सेमिफाइनल खेल हुने आयोजकका व्यवस्थापक राजु राई ले बताउनु भयो।

