७असार , बेलका। बेलका नगरपालिका वडा नम्बर ९का वडा अध्यक्ष तथा नगरपालिका प्रवक्ता पदम बहादुर खड्काको निधन भएको छ । सवारी दुर्घटनामा परेका खड्काको उपचारको क्रममा काठमाडौ नर्भिक अस्पतालमा निधन भएको हो ।
गत जेठ २८ गते सुनसरीमा मोटरसाइकल र सिटि सफारीसंग ठोकिँदा वडा अध्यक्ष खड्का घाइते भएका थिए । वाहिरी अवस्था सामान्य देखिए पनि कानबाट रक्तस्राव भए पछि घोपा क्याममा लगिएको थियो । उपचार हुन नसकेपछि हेलिकप्टर चार्टर गरेर थप उपचारको लागि काठमाडौ लगिएको थियो