
३० असोज – बेलका। मानवसेवा आश्रम मानवता प्रबर्द्धन महाअभियान मेचिमहाकालि राष्ट्रिय बृहत उद्दार कार्यक्रमका टिमलाई बेलका नगरपालिका द्वारा स्वागत गरिएको छ। बेलका नगरपालिका ८ स्थित बेलका रिभर्स बिच रिसोर्टको सभा हलमा आज एक कार्यक्रम बिच स्वागत गरिएको हो।
कार्यक्रममा मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, आनी छोइङ डोल्मा फाउण्डेशनकि सँस्थापक आनी छोइङ डोल्मा संगै मानव सेवामा समर्पित ४८ जना अभियानतालाई स्वागत स्वागत गरिएको हो। स्वागत कार्यक्रममा बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्की, बेलका नगरपालिका वार्ड नं. ५ र ८ का वडा अध्यक्षहरु दीपकराज रेग्मी, जय कुमार राई, राजनितीक दलका प्रमुख तथा प्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा उदयपुरका संयोजक, सामाजिक अभियानताहरु सुरक्षाकर्मी, बेलका नगरपालिकाका कर्मचारी हरुको उपस्थिति रहेको थियो।
यो मेचीमहाकाली राष्ट्रिय उद्दार कार्यक्रममा सडक आश्रित सहयोगापेक्षी सडक मानवको उद्दार गरिने र कोशी प्रदेशको बिराटनगर स्थित मानव सेवा आश्रममा पुन: स्थापित गरिने बताइएको छ।