
१८ पौष, बेलका । बेलका नगरपालिका ९ रामपुरममा अवस्थित महिला साना किसान कृषि सहकारी संस्था लि. को १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सहकारीको प्राङ्गणमा उक्त कार्यक्रम आज सम्पन्न भएको हो।

बेलका नगर प्रमुख अशोक कार्की को प्रमुख आतिथ्यतामा सम्पन्न भएको खुल्ला सत्रको औपचारिक कार्यक्रममा बिशेष अतिथि बेलका नगर उप प्रमुख जिरा राई, साना किसान बिकास लघुवित्त वित्तीय संस्था लि. लाहान शाखाका प्रबन्धक राज कुमार यादव, विभिन्न सहकारीका प्रतिनिधिहरु, जनप्रतिनिधि, शेयर सदस्य, बचतकर्ता, सम्बन्धित ब्यक्तिहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो।

१२औं वार्षिक साधारण सभाको खुल्ला सत्रको औपचारिक कार्यक्रम संगै बन्द सत्रबाट समिति समेत पुनर्गठन भएको छ। अध्यक्षमा पुनः कल्पना राउत नै सर्वसम्मत चयन भएका छन भने उपाध्यक्षमा मनकुमारी राई(घिमिरे), सदस्यमा शंकरवत्ती कुमारी चौधरी, चन्द्रकला सेढाई, दिपा कुमारी राई, सरस्वती बस्नेत, डम्बर कुमारी खड्का, गोमा बस्नेत/थापा, जानुका कुमारी दुलाल सर्वसम्मत चयन भएका छन। त्यसैगरी लेखा संयोजकमा गंगा श्रेष्ठ, सदस्यमा सुजता राई र सुमित्रा कटुवाल चयन भएका छन। निर्वाचन समितिमा सुर्य नारायण शाह, गोपाल निरौला र शान्ता कुमारी अधिकारी रहेका थिए।

कार्यक्रममा सहकारीका अध्यक्ष एवं सभा अध्यक्ष कल्पना राउत ले वार्षिक प्रतिबेदन प्रस्तुत गरेकि थिइन। केही शेयर सदस्य तथा बचतकर्ताहरुलाई हौसला स्वरुप पुरस्कार समेत प्रदान गरेको थियो। कार्यक्रम संचालन सहकारीका प्रबन्धक शान्ता अधिकारीले गरेकी थिइन।

