
१ मङ्सिर – बेलका। बेलका नगरपालिका ८ कोठु स्थित पन्चकन्या फुटबल क्लबको आयोजनामा यहीँ मङ्सिर ७ गतेबाट प्रथम मैनारानी गोल्ड कप फुटबल प्रतियोगिता २०८१ आयोजना हुने भएको छ। मङ्सिर ७ गतेबाट १४ गतेसम्म मेखबारी खेलमैदानमा उक्त गोल्ड हुने आयोजकले आज एक पत्रकार सम्मेलन गरि जानकारी गराएको हो।
प्रतियोगिताको बिजेता टिमले नगद रु. १ लाख १ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन भने उप बिजेता टिमले नगद रु.५५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। प्रत्येक खेलमा म्यान अफ दि म्याच साथै बिधागत तर्फ पनि पुरस्कार रहेको आयोजकले जनाएको छ।
प्रथम मैनारानी गोल्ड कपमामा टेम्के फुटबल क्लब, धरान, न्यु त्रियुगा स्पोर्ट्स क्लब, फत्तेपुर, पन्चकन्या फुटबल क्लब, बेलका, बराहक्षेत्र फुटबल क्लब, सुन्सरी, गाईघाट फुटबल क्लब, उदयपुर, तालतलैया फुटबल क्लब, इटहरी सुन्सरी, बसाहा फुटबल क्लब, चौदण्डिगढी र एभरेस्ट फुटबल क्लब सुन्सरी गरि जम्मा ८ टिमको सहभागी रहने छ।
स्थानीय स्तरमा रहेका खेलाडीहरुलाई अगाडि बढाउन र खेल क्षेत्रको बिकासमा टेवा पुर्याउन साथै स्थानीय स्तरमा रहेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्न र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य मैनारानी गोल्ड कपको आयोजना गर्न लागेको संयोजक सुरेन्द्र चाम्लिङ राई ले बताए।
