
ब्रदरहुड फुटबल क्लब बेलका, उदयपुर इलामको सन्दकपुर देउरालीमा जारी पॉचौ सन्दकपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
सात खाल्डे सहिद खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन डॉगिहाट फुटबल क्लब मोरङलाइ ४-२ गोल अन्तरले पराजित गर्दै ब्रदरहुड एफसी फाइनल पुगेको हो।
प्रतिस्पर्धात्मक खेलमा ब्रदहुडको जितका लागि जेनिस प्रजापतिले दुइ गोल, आकाश राइ र अमन लामाले एक-एक गोल गरे । डॉगिहाटको तर्फबाट सबिन राइले दुइ गोल फर्काउँदै अग्रता छोट्याए पनि हार टार्न भने सकेन ।
खेलको म्यान अफ दि म्याच ब्रदरहुडका जेनिस प्रजापति घोषित हुँदै नगद दुइ हजार पॉचसय सहित ट्रफि प्राप्त गरे । आज चैत्र ३० गते शनिबार दोस्रो सेमिफाइनलमा रेड हर्ष एफसी इलाम र बुट्टाबारी युनाइटेड झापा बिच खेल हुनेछ ।
सन्दकपुर गाउँपालिका ३ देउराली स्थित सात खाल्डे सहिद खेलमैदानमा चैत्र २५ गते देखि सुरू प्रतियोगिताको फाइनल खेल २०८२ वैशाख १ गते हुनेछ ।
देउराली स्पोर्टिङ क्लबको आयोजना तथा सन्दकपुर गाउँपालिकाको संरक्षकत्वमा सन्चालित प्रतियोगिताको विजेताले नगद २ लाख ५५ हजार र आकर्षक ट्रफी प्राप्त गर्नेछ ।
उपविजेताले नगद १ लाख ५५ हजार र ट्रफी पाउने छ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद २ हजार ५ सय प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फर्वाडर,उत्कृष्ट मिडफिल्डर,सर्वाधिक गोलकर्ता र उत्कृष्ट कोचले जनही ४-४ हजार प्राप्त गर्नेछन।
गत मङ्सिरमा ताप्लेजुङमा भएको अन्तरास्ट्रिय आमन्त्रण चौथो सिरिजंगा गोल्ड कपमा ब्रदरहुडले उपाधी जितेको थियो। जुन लेबलको उपाधी बेलकाको लागि पहिलो पनि हो। ब्रोदरहुड एफ्सीले बेलका गोल्ड कप को दुई सँस्करण पनि सम्पन्न गरिसकेको छ।