
१६ माघ – बेलका। उदयपुर बेलका नगरपालिका ८ को पर्यटकीय स्थल, प्याराग्लाइडिङ्को लागि अत्यन्तै सुन्दर स्थान बोप्ताङमा सुदिप राई ले बेलका हाइट होटलको सुरुवात गर्नु भएको छ।
आज माघ १६ गते बेलका नगर प्रमुख अशोक कार्की, बेलका ८ का वडा अध्यक्ष जय कुमार राई, बेलका ९ का वडा अध्यक्ष भरत घिमिरे लगायतले समग्रमा रिबन काटेर उक्त होटलको उद्घाटन गर्नु भएको हो।
होटलमा चिसो तथा तातो पेय पदार्थ पाउनुका साथै खाना र विभिन्न प्रकारका खाजाहरु पाउने संचालक सुदिप राई ले बताउनु भयो। बोप्ताङ प्याराग्लाइडिङ्को लागि सुन्दर गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ। प्याराग्लाइडिङ उड्न साथै विभिन्न दृश्य अवलोकन गर्न दिनहुँ आन्तरिक एवं बाह्य पर्यटकहरु आउने गरेकोले उहाँहरुको सेवा संगै व्यवसायीक लाभका लागि होटल सुरु गरेको संचालक राई ले बताउनु भयो।

