प्रथम आमन्त्रित बेलका मिनि गोल्डकप २०८० को दोश्रो दिनको खेलमा बेल्टार युनाइटेड उदयपुरलाई ० को विरुद्ध ३ गोलले पछि पार्दै सप्तकोसी FC सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ। हिजो(असोज २२ गते) भएको खेलमा ३ – ० गोल अन्तरले उदयपुर बेलटारलाई हराउदै सप्तकोसी FC सुनसरी सेमिफाइनल प्रवेश गरेको हो।
सप्तकोसी FC सुनसरीका ओमन राई ले २ गोल र रबिन राई ले १ गोल गरेका थिए। खेलको म्यान अफ द म्याच सप्तकोसी FC का ओमन राई ले नगद रु. १ हजार सहित ट्रफी हात पारे।
जलकन्या साँस्कृतिक युवा समुहको आयोजनामा बेलका नगरपालिका जहडा लालबजारको खेल मैदानमा भइरहेको उक्त प्रतियोगिताको तेस्रो दिन (आज असोज २३ गते) गाईघाट युनाइटेड FC उदयपुर र आयोजक बीच दिउँसो ३:३० बजेबाट खेल हुने छ।
