बैशाख २१ बेलका। उदयपुर जिल्ला बेलका नगरपालिका वडा नम्बर ७ मैनामैनीमा भुमी समस्या समाधान आयोग,नेपाल सरकार अन्तर्गत भुमिहिन दलित ,भुमिहिन सुकुम्बासी, र अव्यवस्थित बस्तिहरुलाई ब्यवस्थित गर्न प्रारम्भिक जग्गा नापी उद्घाटन कार्यक्रम सप्पन्न भएको छ।
वडा नम्बर ७ का वडा अध्यक्ष निकेस राइको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख अशोक कार्कीले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नु भएको हो।
कार्यक्रमका विशेष अतिथि नगर उप प्रमुख जिरा राई,वडा नं १ का वडाध्यक्ष दिनेश्वर चौधरी,वडा सदस्यहरु,विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु,बुद्दिजिवी,सुरक्षा निकायका प्रतिनिधि,बिषयगत प्राविधिक हरु,पत्रकार तथा स्थानिय बासिन्दाहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो।
मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि अशोक कार्कीले अब काम मात्र नभै परिणाम देखिने गरि समयमै लालपुर्जा वितरण गरिने साथै गुठिमा तिर्दै आइरहेको कर लाई स्थानिय सरकार मातहत ल्याउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो। यसै गरि विशेष अतिथी उप प्रमुख जिरा राईले प्राविधिक हरुलाई निर्धक्क भएर काम गर्न साथै समयमै कार्य सम्पन्न आग्रह गर्दै स्थानिय बासिन्दा हरुलाई पुर्ण साथ र सहयोग गर्न अनुरोध गर्न भयो।
कार्यक्रम का अध्यक्ष निकेश राईले भैपरि आउने प्राविधिक समस्या हरुको हल गर्दै काम अगाडी बढाउन र त्यसका लागि आफ्नो तर्फबाट गर्नुपर्ने सम्पुर्ण साथ,सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रम समापन गर्नु भयो।
उक्त कार्यक्रमको सन्चालन नगर भुमि शाखा प्रमुख मनिसा राईले गरेका थिए।?