
५ चैत्र २०८० – बेलका। बेलका नगरपालिका वडा नं. ६ युवा तथा खेलकुद बिकास समितिको आयोजना र मुनलाइट स्पोर्ट्स क्लबको सह आयोजनामा बेलका ६ को ५औं वडा अध्यक्ष कप सम्पन्न भएको छ। बेलका नगरपालिका वडा नं. ६ को कार्यलयको मुख्य सहयोगमा मुनलाइट स्पोर्ट्स क्लब लालिडाडाको खेल मैदानमा आज उक्त अध्यक्ष कप सम्पन्न भएको हो।
फुटबल तर्फ आज भएको फाइनल खेलमा टाइब्रेकरमा मुनलाइट स्पोर्ट्स क्लब लामिडाडालाई हराउदै बुद्ध बेलका प्रथम भएको छ। त्यसैगरी भलिबल तर्फबाट पातललाई हराउदै देउराली भलिबल टिम प्रथम भएको छ। भलिबल तर्फ प्रथम र दोस्रो बिजेतालाई क्रमश २० हजार, १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र द्वारा पुरस्कृत गरिएको छ भने फुटबल तर्फ पहिलो र दोस्रो हुने टिमलाई क्रमश ३० हजार, २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र द्वारा पुरस्कृत गरिएको छ।
बेलका नगरपालिका ६ युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष अम्बर राई को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बेलका ६ का वडा अध्यक्ष बसन्त मगर, बिशेष अतिथि बेलका नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राई त्यसैगरी सचिब दिपेन मगर, वडा सदस्य नारायण राई, कुबेर मगर, लाल बहादुर राई, आकाश राई, पिर्थ राई, भक्त खालिङ, कृष्ण निरौला अन्य बुद्धिजीवी, खेलाडी खेलप्रेमी लगायतको उपस्थिति रहेको थियो।
सचिब राज राई ले कार्यक्रम संचालन गरेका थिए।