
२२ बैशाख २०८० – बेलका । बेलका नगरपालिका वडा नम्बर ६ को चौथो वडा अध्यक्ष कप (फुटबल प्रतियोगिता) मा दुधकोशी जनचेतना समाज/ सितारानी फाइनलमा प्रवेश गरेको छ।

आज भएको उद्घाटन कार्यक्रममा टाइ ब्रेकर मा मुन लाई स्पोर्ट्स क्लबलाई हराएर दोस्रो चरणको खेलमा बाइ गोला टिपेर फाइनलको यात्रा तय गरेको हो।

त्यसै गरि सितारानीलाई ३ – ० को गोल अन्ततरले हराउदै माङ्फाङ्टोल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। भने टाइ ब्रेकर मा बेलका युवा बिकास समाजलाई पछि पार्दै वाबुङ्ला फुटबल क्लब पनि सेमिफाइनलमा प्रवेश गरेको छ।

भोलिको सेमिफाइनल खेलमा वाबुङ्ला र माङ्फाङ्टोल क्लब बीच खेल हुने छ र जुन टिमले जित्छ त्यो टिमले दुधकोशी जनचेतना समाज/सितारानी संग फाइनल खेलको सामना गर्ने छ।