
बेलका २ बाबेलका। बेलका नगरपालिका २ भागलपुर बान्डाँडाको वाँधमा शिवालय टोलका जागरुक युवाहरुले श्रावण ८ गते सोमबारदेखि सुरु गरेका वृक्षरोपण कार्यक्रममा अन्य टोलका केहि व्यक्तिहरुका दवाबका कारणले वुधबार रोपिसकेका बिरुवाहरुलाई फेरि सार्नु परेको छ।
समुदायको पर्यावरणीय सौन्दर्यता बढाउन तथा वाँध जिर्ण अवस्थामा पुगेकाले वाँध संरक्षण गर्न भनि कोशी प्रोजेक्ट अन्तर्गत पर्ने बेलका-२,भागलपुर, शिवालय टोलको बान्डाँडादेखि शिव मन्दिरसम्मको वाँधमाथी ४-५ फिट फराकिलो बाटो छोडेर स्थानिय शिवालय टोल विकासका केही जागरुक युवाहरुले बिरुवा उदयपुर जिल्ला डिभिजन वन कार्यलयबाट बिरुवा ल्याई रोपे पछी अन्य टोलका केही व्यक्तिहरुले वाँधमाथिबाट आवत-जावत गर्न, ट्याक्टर हिडाउन असहज हुने भन्दै दवाब सिर्जना गरी तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष विभागले मध्यवर्ती क्षेत्र बनाउन सक्छ भन्दै डर-त्रास पैदा गरेपछी रोपिसकेको बिरुवाहरुलाई फेरि सारिएको छ।
वृक्षरोपण कार्यक्रमको अगुवा अमृत बिस्टका अनुसार “वृक्षरोपण गरिरहेको अवस्थामा स्थानियवासी लिलाराम शर्मा आएर आपत्ति जनाउँदै वाँधमाथिको हिड्ने बाटोमा बिरुवा रोप्नु उचित नरहेको र यसैको कारणले उक्त वाँधको क्षेत्र मध्यवर्ती क्षेत्र बन्न सक्ने भनी विरोध जनाउँदै वाँधमाथि रोपिसकेको विरुवालाई उखेलेर दुई फूट अझै तल रोप्नु यदि यसो नगरे यहाँ मध्यवर्ती क्षेत्र बनेको खण्डमा या केही नराम्रो दुर्घट्ना हुन पुगेमा रुख रोप्नेले नै जिम्मेवारी लिनु भनेपछी फेरि बिरुवा उखेलेर सारिएको हो।” ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९’ र ‘मध्यवर्ती क्षेत्र व्यवस्थापन ऐन २०५२’ अनुसार कुनैपनी निकुञ्ज तथा वन्यजन्तु आरक्षको वरपरको क्षेत्रलाई सामुदायिक वनको रुपमा संरक्षण संवर्द्दन र सदुपयोग गर्नका लागि स्थानियहरुले निवेदन दिई मध्यवर्ती सामुदायिक वनको रुपमा दर्ता गराउन सक्ने छन्।
समुदायका युवाहरु जागरुक भई राम्रो काममा अग्रसर हुँदा समाजका विभिन्न तह तप्कामा जिम्मेवारीका साथ बसेका बुद्दिजिवीहरुले युवाहरुलाई जोश जाँगर र आवश्यक सहयोग गर्नुको सट्टा उनिहरुका दवाबका कारणले युवाहरुलाई झन् निरुत्साहित पार्नु पक्कै पनि राम्रो होईन र समाजमा केहि नयाँ र प्रगतिशिल कामहरु हुन लाग्दा यथास्थितिवादी विचार भएका समाजका मान्यगुन्य उपाधी पाएका व्यक्तीहरुले हस्तक्षेप, दवाब सृजना गर्दा तथा यथास्थितिवाद हावी गर्दा समाज प्रगतिको पथमा अगाडि बढ्दैन। यथास्थितिवाद हावी भएका समाजका मान्य ब्यक्तिहरुका दवाबबाट मुक्त हुनका लागि आजका नयाँ पुस्ताहरु सचेतना,बौद्धिकता र भिजन लिएर अगाडि बढ्नैपर्ने हुन्छ् र प्रगतिशिलतालाई अपनाउनै पर्छ भनी वृक्षरोपणमा सरिक भएका युवाहरुको बिचार र गुनासो समेत रहेको छ।
