
१ माघ २०८० – बेलका। नेपाल मगर संघ बेलका नगर कार्यसमितिको आयोजनामा माघ्या सकराटी तथा सारल्हेस २०८० एवं मौलिक साँस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। बेलका नगरपालिका ६ स्थित बुद्ध चोक भुम्यास्थलमा आज उक्त कार्यक्रम सम्पन्न भएको हो।

“मगर भाषा संस्कार, संस्कृति र पहिचान, सभ्य सु-संस्कृत समाज निर्माण हाम्रो अभियान” भन्ने मुल नाराका साथ प्रतिनिधि सभा संघीय संसद एवं उप सभामुख मानवीय इन्दिरा राना को प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बिशिस्ट अतिथि बेलका नगर प्रमुख अशोक कार्की, उप प्रमुख जिरा राई, नेपाल मगर संघ प्रदेश तथा जिल्लाका प्रतिनिधि, नेपाल आदिवासी जनजातिका प्रतिनिधि, किरात राई यायोक्खाबाट प्रतिनिधि, वडा अध्यक्षहरु, विभिन्न जातीय संस्थाका प्रतिनिधि, सुरक्षा निकाय, पत्रकार अन्य मगर तथा गैर मगर लगायतको बृहत उपस्थिति रहेको थियो।

कार्यक्रममा अतिथि वक्ताहरुले विभिन्न बिषयमा रहेर आ-आफ्नो बिचार धारणा राखेका थिए। साथै शुभकामना पनि आदानप्रदान गरे। गायक शिव थापा मगर ले हुररा लगायत विभिन्न गीत गाएर दर्शकलाई नचाए। त्यसैगरी मोडल तथा डान्सर अस्मिता मगरले नाचेर दर्शकलाई थप मनोरञ्जन दिलाए। साथमा जलकन्या साँस्कृतिक युवा समुह लगायत अन्य स्थानीय कलाकारहरुले पनि बिशेष प्रस्तुतिहरु प्रस्तुत गरेर कार्यक्रमलाई अझ रोमान्चक बनाए।

नेपाल मगर संघ बेलका नगर कार्यसमितिका अध्यक्ष कृष्ण कुमार पुर्वछाने मगर को अध्यक्षमा भएको कार्यक्रम सोम कुमार मगरले औपचारिक कार्यक्रम संचालन गरेका थिए भने उपाध्यक्ष तिलक पिठाकोटे मगरले स्वागत मन्तव्य द्वारा सबैलाई स्वागत गरेका थिए।

