२१असार,बेलका । उदयपुरको बेलका नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । स्थानीय स्वामित्व र सहभागिता, पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ खोप कार्यक्रम घोषणा गरेको छ ।
बेलका नगरपालिका सामाजिक विकास समिति संयोजक तथा बेलका वडा न.३ का वडा अध्यक्ष श्री टंक प्रसाद आचार्य ज्युको अध्यक्षता र जिल्ला स्वास्थ्य कार्यलय प्रमुखको आतिथ्यतामा पुर्ण खोप सुनिश्चितता घोषणा गर्नुभयो । उत्साह र उमंगका साथ काम गरेकोले पुर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सन्चालन गर्न आवश्यक रहेकोे उहाले बताउनु भयो । कार्यक्रममा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गर्दै उपस्थित सम्पुर्णले हस्ताक्षर गर्नु भएको थियो।
पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा सहयोग पुर्याउनु हुने सम्पुर्ण स्वास्थकर्मी र महिला स्वास्थ स्वयंसेविकाहरुलाई उच्च प्रशसा र हौसला प्रधान गरिएको थियो भने स्वास्थ शाखाले स्वास्थ्य कर्मिलाई प्रशंसापत्र प्रधान गरिएको थियो । त्योसै गरि महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई कोशी प्रदेश सामाजिक विकास मन्त्रालयबाट प्रोत्साहन जनही रु ५००० (पाँच /पाँच हजार ) र स्वयंसेविकालाई प्राथमिक उपचारका सामाग्री सहितको झोला हस्तान्तरण गरिएको थियो । सोही कार्यक्रममा सुर्तीजन्य पदार्थ सेवन तथा मध्यपान सेवन सम्बन्धि सन्देश मुलक जानकारी गरिएको थियो ।
बेलका नगरपालिका स्वास्थ्य शाखा रामपुर उदयपुरको आयोजनामा भएको कार्यक्रममा बेलका नगरपालिका भरिका महिला स्वास्थ्य स्वयंसेविका ज्युहरु,स्वास्थ्य शाखाका प्रमुख तथा प्रतिनिधि ज्युहरु, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि ज्युहरु,प्रशासकिय अधिकृत ज्युहरु, कार्यपालिका सदस्य ज्युहरु,बेलका नगरपालिकाका सबै वडा अध्यक्षज्युहरु, उदयपुर जिल्ला स्वास्थ्य कार्यलय प्रमुख,प्रतिनिधि र पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।