१२ पौष २०८० – बेलका। बेलका नगरपालिकाको चिनारी “बेलका न.पा. घुमौला..” बोलको गीतको शुटिङ(छायांकन) बेलका नगरपालिका ८ बोप्ताङमा सम्पन्न भएको छ। पौष ४ गते बाट सुरु भएको छायांकन आज प्याराग्लाइडिङ्को लागि उपयुक्त उक्त बोप्ताङमा सम्पन्न भएको हो।
बेलका नगरपालिका ९ रामपुर बजारमा अवस्थित रामपुर फ्रेस मिट सपको प्राङ्गणबाट विधिवत रुपमा पौष ४ गते सुरु भएको उक्त छायांकन बेलका नगरपालिकाको मैनामैनी, कोसी पुल, बेलका ९ कमलाबारिको साकेला पार्क लगायत विभिन्न स्थानहरुमा छायांकन गरिएको छ। छायांकनको निर्देशक नबिन राइ ले गर्नु भएको छ र सिनेमाटोग्राफीको काम दाल चन्द्र राई ले गर्नु भएको छ।
बद्री बिक्रम राई को शब्द संगीत रहेको सो गीतमा स्वयं बद्री बिक्रम राई, दिपक मोहोरा र अप्सरा विष्टको स्वर रहेको छ भने भिडियोमा मुख्य कलाकारको रुपमा सुसन राई र कबिता राई”मिकि) लाई देख्न सकिने छ र कोरसमा किरात राइ यायोक्खा बेलका नगरपालिका ९ को साकेला टोलिलाई देख्न सकिने छ।
यस गीतले बेलका नगरपालिकाको कलाकारिता क्षेत्रको बिकासमा टेवा पुर्याउनुका साथै यस पालिकाको बिबिध पर्यटकीय क्षेत्रहरुको प्रवर्द्धन गर्नमा सहयोग गर्न सक्ने गायक/रचनाकार तथा संगीतकार बद्री बिक्रम राई ले बताए।
