रेडियो बेलका एफ. एम. – बेलका। बेलका नगर युवा तथा खेलकुद बिकास समितीको मुख्य आयोजना तथा बुद्ध एकता क्लबको सह आयोजना र बेलका नगरपालिकाको मुख्य सहयोगमा बेलका नगरपालिका ६ बुद्ध चोक खेल मैदानमा सम्पन्न बेलका नगर स्तरीय लिग कम नक आउट चौथो मेयर कप फुटबल प्रतियोगिता २०८० को उपाधी बेलका नगरपालिका २ अजम्बरी युवा क्लबले हात पार्न सफल भएको छ।

जेठ ३ गते बेलका नगरपालिका ८ यलम्बर एकता सेवा समाज संग भएको फाइनल खेलमा १ – ० गोल अन्तरले जित हासिल गर्दै उपाधी हात पारेको हो। खेलको उप बिजेता (दोस्रो) बेलका ८ यलम्बर एकता सेवा समाज भएको छ। बिजेता र उप बिजेता टिमलाई क्रमशः नगद रु.४१,०००/- (एकचालीस हजार), रु.२१,०००/- (एक्काईस हजार), शिल्ड, मेडल र प्रमाणपत्र आयोजकले प्रदान गरेको छ। जसमा उत्कृष्ट गोल रक्षक यज्ञराज राई, उत्कृष्ट मिड फिल्डर अरुन राई, सम्पुर्ण खेल भरिकै उत्कृष्ट खेलाडी सन्देश खत्री, उत्कृष्ट डिफेन्स बिमल चौधरी त्यसैगरी धेरै गोल गर्नेमा शिशिर राई ( यलम्बर एकता सेवा समाज) लाई जनही नगद रु.१,०००/- र ट्रफी प्रदान गरिएको छ। भने अनुशासित टिम बेलका ६ दुधकोशी जनचेतना समाज तथा बेलका युवा बिकास समाज छनोट भइ नगद रु.५,०००/- (पाँच हजार) प्रदान गरिएको छ।

बेलका नगर महिला फुटबल प्रतियोगितामा बेलका ८ नेप्से युवा समुह प्रथम र बेलका ९ खेलकुद बिकास समिति दोस्रो भएका छन। प्रथम र दोस्रो बिजेता टिमलाई क्रमशः नगद रु.१५,०००/- (पन्ध्र हजार), रु.१०,०००/- (दश हजार), मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

जम्मा १२ टिम सहभागी बेलका नगर स्तरीय लिग कम नक आउट चौथो मेयर कप पुरुष फुटबल प्रतियोगिता २०८० बैशाख २६ गते सुरु भइ जेठ ३ गते सम्पन्न भएको हो। साथमा उक्त खेल संगै जेठ २ र ३ गते बेलका नगर महिला फुटबल प्रतियोगिता समेत आयोजना भएको हो।

जेठ ३ गते समापन (फाइनल खेलमा) प्रमुख अतिथि बेलका नगर प्रमुख अशोक कार्की, बिशेष अतिथि मा नगर उप प्रमुख जिरा राई, प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, अन्य वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, राजनीतिक दल, खेलकुद संघका पदाधिकारी, बुद्धिजीवी, खेल प्रेमी र खेलाडीहरुको उपस्थिति रहेको थियो। नगर खेलकुद बिकास समितिको अध्यक्ष गोपिलाल राई को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सचिब दिपेन्द्र राना (मगर) ले संचालन गरेका थिए।
फोटो फिचर