
१ जेठ २०८० – बेलका। बेलका नगरपालिकामा जारी बेलका नगर स्तरीय लिग कम नक आउट चौथो मेयर कप २०८० अन्तर्गत बेलका ८ यलम्बर एकता सेवा समाज र बेलका २ अजम्बरी युवा क्लब फाइनल खेल खेल्ने भएका छन।

सेमिफाइनल (नक आउट) अन्तर्गत बेलका ८ यलम्बर एकता सेवा समाज र बेलका ९ खेलकुद बिकास समिति बिच आज भएको खेलमा २ – १ गोल अन्तरले जित हासिल गर्दै बेलका ८ यलम्बर एकता सेवा समाज फाइनल पुगेको हो। उक्त खेलमा म्यान अफ दि म्याच बेलका ९ खेलकुद बिकास समितिका खेलाडी रोमन तामाङले पाएका छन।

त्यसैगरी सेमिफाइनल अन्तर्गतको बेलका ८ नेप्से युवा समुह र बेलका २ अजम्बरी युवा क्लब बिच आज भएको अन्तिम खेलमा १ – ० गोल अन्तरले जित हासिल गर्दै बेलका २ अजम्बरी युवा क्लबले फाइनलको यात्रा तय गरेको हो। जसमा अजम्बरी युवा क्लब बेलका २ का खेलाडी अरुन राई ले म्यान अफ दि म्याच पाएका छन।

बेलका युवा तथा खेलकुद बिकास समितिको मुख्य आयोजना तथा बुद्ध एकता क्लबको सह आयोजना र बेलका नगरपालिकाको मुख्य सहयोगमा बेलका ६ बुद्ध चोकको खेल मैदानमा भइरहेको बेलका नगर स्तरीय लिग कम नक आउट चौथो मेयर कप फुटबल प्रतियोगिता २०८० को फाइनल खेल पर्सि (जेठ ३ गते) दिउँसो ३ बजेबाट बेलका ८ यलम्बर एकता सेवा समाज र बेलका २ अजम्बरी युवा क्लब बिच हुने बेलका नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राई ले जानकारी दिनु भएको छ।

त्यसैगरी तेस्रो उप मेयर महिला फुटबल प्रतियोगिता पनि भोलि (जेठ २) गते र पर्सि (जेठ ३ गते) हुने बेलका नगर युवा तथा खेलकुद बिकास समितिका सचिब दिपेन्द्र राना (मगर) ले जानकारी दिनु भएको छ। जसमा भोलि (जेठ २ गते) बेलका ८ र बेलका ४ बिच खेल हुने छ। र उक्त खेलको बिजेता टिमले बाई गोला टिप्न सफल बेलका ९ संग पर्सि (जेठ ३ गते) फाइनल खेल खेल्ने बेलका फुटबल खेलका संयोजक लक्ष्मि कुमार बिष्टले बताउनु भएको छ।

