
३१ बैशाख २०८० – बेलका। बेलका नगरपालिकामा जारी बेलका नगर स्तरीय लिग कम नक आउट चौथो मेयर कप फुटबल प्रतियोगिता २०८० अन्तर्गत नेप्से युवा समुह र यलम्बर एकता सेवा समाज सेमिफाइनलमा प्रवेश गरेका छन।

आज भएको छैठौं दिनको पहिलो खेलमा दुधकोशी जनचेतना समाज तथा बेलका युवा बिकास समाज र वडा खेलकुद बिकास समिति बेलका ६ र नेप्से युवा समुह बेलका ८ १ – १ गोल ले बराबरी भएको हो। यद्यपि स्कोरको आधार नेप्से युवा समुह सेमिफाइनल प्रवेश गरेको हो। समुह “C” अन्तर्गत दुधकोशी जनचेतना समाज तथा बेलका युवा बिकास समाज र युवा तथा खेलकुद बिकास समिति बेलका ६ ले ह्यापी फुटबल क्लब बेलका १ संग ० – ० मा बराबरी खेल खेलेको थियो। नेप्से युवा समुहले १ – ० गोल अन्तरले ह्यापी फुटबल क्लबसंग जित हासिल गरेको थियो।

त्यसैगरी आजको दोस्रो अर्थात लिग गेम अन्तर्गत अन्तिम खेल यलम्बर एकता सेवा समाज बेलका ८ र न्यु राईजिङ्ग स्पोर्टिङ क्लब बेलका ३ बिच भएको हो। जसमा ४ – ० गोल अन्तरले यलम्बर एकता सेवा समाजले जित हासिल गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो। उक्त खेलमा म्यान अफ दि म्याच यलम्बर एकता सेवा समाजका शिशिर राई ले पाएका छन।

बेलका युवा तथा खेलकुद बिकास समितिको मुख्य आयोजना तथा बुद्ध एकता क्लबको सह आयोजना र बेलका नगरपालिकाको मुख्य सहयोगमा बेलका ६ बुद्ध चोकको खेल मैदानमा भइरहेको बेलका नगर स्तरीय लिग कम नक आउट चौथो मेयर कप फुटबल प्रतियोगिताको भोलि सातौं दिन बेलका २ अजम्बरि युवा क्लब र बेलका ८ नेप्से युवा समुह बिच दिउँसो २ बजे देखि सेमिफाइनल खेल हुनेछ भने यलम्बर एकता सेवा समाज बेलका ८ र युवा तथा खेलकुद बिकास समिति बेलका ९ बिच बेलुकी ४ बजेबाट सेमिफाइनल खेल हुने छ।

