
२९ बैशाख २०८० – बेलका । बेलका नगरपालिका जारी नगर स्तरीय लिग कम नक आउट चौथो मेयर कप फुटबल प्रतियोगिताको आजको चौथो दिनको खेलमा यलम्बर एकता सेवा समाज र नेप्से युवा समुहले जित हासिल गरेका छन।

आजको पहिलो खेल यलम्बर एकता सेवा समाज बेलका ८ र देवकला लाहान्छा स्मृति क्लब बेलका ७ बिच भएको हो। जसमा ३ – ० गोल अन्तरले यलम्बर एकता सेवा समाज बेलका ८ ले खेल जितेको छ भने उक्त खेलमा म्यान अफ दि म्याच यलम्बर एकता सेवा समाजका सक्सेस राई ले पाएका छन।

त्यसैगरी आजको दोस्रो खेल नेप्से युवा समुह बेलका ८ र ह्यापी फुटबल क्लब बेलका १ बिच भएको हो। जसमा १ – ० गोल अन्तरले नेप्से युवा समुह बेलका ८ ले खेल जितेको छ। उक्त खेलमा म्यान अफ दि म्यान नेप्से युवा समुहका अनिस राई ले पाएका छन।

बेलका युवा तथा खेलकुद बिकास समितिको मुख्य आयोजना तथा बुद्ध एकता क्लबको सह आयोजना र बेलका नगरपालिकाको मुख्य सहयोगमा बेलका ६ बुद्ध चोकको खेल मैदानमा भइरहेको बेलका नगर स्तरीय लिग कम नक आउट चौथो मेयर कप फुटबल प्रतियोगिताको भोलि पाचौं दिनको पहिलो खेल बेलका ९ युवा तथा खेलकुद बिकास समिति र बेलका ५ युवा तथा खेलकुद बिकास समिति बिच दिउँसो ३ बजे देखि हुनेछ भने दोस्रो खेल अजम्बरी युवा क्लब बेलका २ र सुनाखरी युवा क्लब बेलका ५ बिच बेलुकी ५ बजेबाट खेल हुने नगर खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राई ले जानकारी दिनु भएको छ।