
२६ बैशाख २०८० – बेलका । बेलका युवा तथा खेलकुद बिकास समितिको मुख्य आयोजना तथा बुद्ध एकता क्लबको सह आयोजना र बेलका नगरपालिकाको सहयोगमा बुद्ध चोक खेल मैदानमा बेलका नगर स्तरीय लिग कम नक आउट चौथो मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ। बेलका नगरपालिकाको नगर प्रमुख अशोक कार्कीको प्रमुख आतिथ्यतामा आज एक औपचारिक कार्यक्रम गरि उद्घाटन(सुरु) भएको हो।

उद्घाटन कार्यक्रममामा बिशेष अतिथि जिल्ला खेलकुद बिकास समिति अध्यक्ष पर्वत दाहाल, बेलका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, वडा अध्यक्षहरु, राजनीतिक दल, सुरक्षा कर्मी, विविध खेलकुद समितिका प्रतिनिधि, पत्रकार, शिक्षक, खेलाडी, खेल प्रेमी लगायत अन्य अतिथि र दर्शकहरुको उपस्थिति रहेको थियो।

आज उद्घाटनको दिन बुद्ध एकता क्लब(बेलका ३) र बेलका ५ युवा तथा खेलकुद बिकास समिति टिम बीच खेल भएको छ। जसमा बुद्ध एकता क्लबले ३ – ० गोलको अन्तरले जित सुरु गरेको छ। गोल गर्नेहरुमा अनिस कटुवाल, एलन राई र अबिनाश मगर रहेका छन। आजको म्यान अफ दि म्याच बुद्ध एकता क्लबका अनिस कटुवालले पाएका छन।

जेठ ३ गते सम्म हुने यस खेलमा बेलका नगरपालिका भित्रका जम्मा १२ टिम सहभागी रहेको छ। बिजेता टिमले नगद रु.४१,०००/- (अक्षरेपी एक्चालिस हजार) शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ भने उप बिजेता टिमले नगद रु.२१,०००/- (अक्षरेपी एक्काईस हजार), शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ। प्रत्येक खेलमा म्यान अफ दि म्याच (१५ जनालाई) रु. १००० को दरले, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, हाई स्कोर, उत्कृष्ट फरर्वाड लाई रु. १५०० को दरले ५ जनालाई र अनुशासित टिमलाई नगद रु. ५०००/- प्रदान गरिने बेलका युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राई ले बताउनु भयो।

त्यसैगरी जेठ २ र ३ गते तेस्रो उप मेयर महिला फुटबल प्रतियोगिता पनि हुने जसमा बिजेता र उप बिजेता टिमले क्रमश १५ हजार र १० हजार, शिल्ड मेडल र प्रमाणपत्र पाउने खेलकुद बिकास समितिका सचिब दिपेन्द्र राना (मगर) ले जानकारी दिनु भयो।

नगर खेलकुद बिकास समिति अध्यक्ष गोपिलाल राई को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सचिब दिपेन्द्र नारा ले कार्यक्रम संचालन गर्नु भएको थियो भने उपाध्यक्ष अर्जुन राई ले स्वागत मन्तव्य राख्नु भएको थियो।



