२१ बैशाख २०८० – बेलका । बेलका नगरपालिका वडा नम्बर ६ को चौथो वडा अध्यक्ष कप (फुटबल/भलिबल प्रतियोगिता) बैशाख २२ गते (भोलि) बाट संचालन हुने भएको छ।
बेलका नगरपालिका वडा नम्बर ६ युवा तथा खेलकुद बिकास समितिको आयोजना साथै बेलका नगरपालिका वडा नम्बर ६ को मुख्य सहयोगमा बेलका ६ लामिडाडाको खेल मैदानमा खेल हुन लागेको आयोजकले जानकारी गराउनु भएको छ।
वडा अध्यक्ष कपमा बेलका नगरपालिका ६ का क्लब/संस्थाले सहभागी हुन पाउने छन्। यहीँ बैशाख २६ गतेबाट नगरको मेयर कप समेत हुने भएकोले उक्त मेयर कपमा बेलका ६ बाट सहभागी हुनका लागि खेलाडीहरुको छनोट पनि गराइन्ने आयोजक तथा खेलकुद बिकास समिति अध्यक्ष अम्बर राई ले जानकारी गराउनु भएको छ। खेलको बिकास संगै युवाहरुमा भाइचारा र एकरुपताको भावना सिर्जना गर्ने उद्देश्यका साथ खेलको आयोजना गरेको खेलकुद बिकास समिति सचिब राज धन राई ले बताउनु भयो।
वडा अध्यक्ष कपमा फुटबल तर्फको बिजेता र उप बिजेता टिमले क्रमश नगद रु.१५,०००/- (अक्षरेपी पन्ध्र हजार) र १०,०००/- (अक्षरेपी दश हजार) शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन। त्यसैगरी भलिबल तर्फका बिजेता र उप बिजेता टिमले क्रमश नगद रु.१०,०००/- (दश हजार), र रु.५,०००/- (पाँच हजार) शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन। यो वडा अध्यक्ष कप को चौथो संस्करण हो। बेलका नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बसन्त कुमार मगर तथा वडा सदस्यहरुले प्रत्येक आर्थिक बर्षमा खेलकुदको लागि पनि बजेट छुट्याएर खेलाडी र खेल प्रेमीहरुलाई प्रोत्साहन गर्दै आउनु भएको छ।
Enter
Write to RJ Prabin Bantawa Rai