मंसिर २२, बेलका । कार्यक्रममा उदयपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष एल्बिन बस्नेत प्रमुख अतिथि रहेका थिए भने बेलका नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राई को अध्यक्षता रहेको थियो।
कार्यक्रममा माओवादी केन्द्रका बेलका नगर समिति अध्यक्ष मनोज तामाङ, नेकपा एमालेका युवा नेता गणेश बस्नेत, जनता समाजवादी पार्टीका युवा नेता महेन्द्र राई, पत्रकार लगायत क्रिकेट खेलप्रेमीहरूको सहभागिता रहेको थियो।
यो कार्यक्रमले नगरस्तरीय क्रिकेट खेललाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरूको पहिचान र विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने उदेश्यले यस खेलको आयोजना हुन लागेको बेलका नगर युवा तथा खेलकुद समितिका सचिब तथा यस क्रिकेट खेलाडी छनौट खेलका संयोजक दिपेन राना मगरले बताएका छन ।
आज लेकालि रंगशालामा भएको छनौट खेलमा जम्मा ३० जना सहभागी खेलाडी मध्ये बाट १४ जना छनौट भएका छन भने २ जना बैकल्पिक खेलाडीको रुपमा छनौट भएका छन।

छनौट गरिएका खेलाडीहरुको नामावलि:-
१)प्रेम तिम्सिना
२)किरन थापा
३)दिपक ढकाल
४)प्राथा पराजुली
५)प्रमिस तामाङ
६)अभिषेक मण्डल
७)सिद्धार्थ पराजुली
८)बिश्वास राई
९)प्रभव खड्का
१०)प्रकाश निरौला
११)निसान खत्री
१२)अजित खड्का
१३)ससाङ्ग पराजुली
१४)आकास निरौला
बैकल्पिक छनौट खेलाडी
१)निसचल अधिकारि
२) मनिल