
बेलका, १६ असार।
बेलका नगरपालिकामा सुनाई/श्रवण सम्बन्धि अपाङ्गता भएका व्यक्तिहरुको सुनाई/श्रवण क्षमता अडियो टेस्ट सम्बन्धि २ दिने शिविर संचालन भइरहेको छ। बेलका नगरपालिकाको आयोजना र करुणा फाउन्डेसन नेपालको प्राबिधिक सहयोगमा बेलका नगर अस्पतालको परिसरमा उक्त शिविर संचालन भइरहेको छ।शिविर आज असार १६ र भोलि असार १७ गते बिहान १० बजे देखि बेलुकी ५ बजेसम्म हुने छ।
शिविरको उद्घाटन कार्यक्रममा बेलका नगर प्रमुख अशोक कार्कीले बेलका नगरपालिकामा सुनाई/श्रवण सम्बन्धि अपाङ्गता भएका व्यक्तिहरुले धेरै समस्याहरु झेल्दै बस्नु परेकोले आर्थिक बर्षको अन्तिममा भए पनि थोरै बजेटले यो महत्त्वपूर्ण शिविरको आयोजना गरिएको बताउनु भयो।















