असोज २२, बेलका । बेलका नगरपालिकाको वडा हरुमा यही असोज १२ र १३ गतेको भिषण बर्षा बाट बाढी प्रभावित घर परिवारलाई राहत सामग्री बितरण गरिएको छ।
ह्याबिटाट नेपाल (Habitat Nepal) र हुरेन्डेक नेपालको सहयोगमा साथै बेलका नगरपालिकाको आयोजनामा बाढी प्रभावित घर परिवारलाई राहत सामग्री बितरण गरिएको हो।
बेलका नगरपालिकाको वडा नं २ शान्तिनगर बुधबारे बाट एक औपचारिक कार्यक्रमका बिच प्रमुख अतिथि तथा बेलका नगर प्रमुख अशोक कार्की,हुरेन्डेक नेपाल उदयपुरका प्रमुख सल्लाहकार तथा पुर्व नगर प्रमुख दुर्गा कुमार थापा(सोस्ति),ह्याबिटाट नेपालको कार्यक्रम प्रबन्धक बिजय प्रसाद गुप्ताले बाढी प्रभावित परिवारलाई संयुक्त रुपमा राहत सामग्री बितरण गरी उदघाटन गरेका थिए।
नगरपालिका भित्रका वडा नं १,२,३,६ र ८ मा गरी जम्मा ८१ घरधुरी लाई प्रति घर ओछ्याउने म्याट थान-१, ब्ल्याङकेट थान-१, त्रिपाल थान-१ लगायतका सामग्रीहरु बितरण गरिएको थियो। बेलकामा जम्मा १११७ घर परिवार बाढी/डुबान बाट प्रभावित भएको हुदा बिभिन्न सामाजिक संस्थाहरु लाई सहयोगका लागी नगर सरकारको तर्फ बाट आह्वान गरिए बमोजिम कुनै संस्थाले जिन्सी सामग्री भने कुनै संस्थाले नगद सहयोग गरिरहेको र बाढीका कारण बालीनालीमा क्षति पुगेका स्थानमा बिउ बिजन बितरण गरिने,हैंजा फैलिन नदिनका लागी बिभिन्न प्रकारका किटनाशक औषधिहरु छिट्ने काम भैरहेको नगर प्रमुख अशोक कार्कीले बताउनुभएको छ।
यसै क्रममा पुनः अर्को पटक १५,०००/- बराबरको जिन्सी सामग्री र घर पुनःनिर्माण गर्नु पर्ने परिवार लाई दाता संस्था संग समन्वय गरी ५०,०००/- दुई किस्तामा गरेर उपलब्ध गराउने दुर्गा कुमार थापाले बताउनु भयो।
त्यसै गरी ह्याबिटाट नेपालका कार्यक्रम प्रबन्धक बिजय प्रसाद गुप्ताले यस संस्थाले नेपालमा बिगत २७ बर्ष देखी निरन्तर यस्तै बिपद ब्यवस्थापनमा काम गर्दै आएको बताउनु भयो।
यस राहत सामग्री बितरण कार्यक्रमको अध्यक्षता शान्तिनगर टोल बिकास संस्थाका अध्यक्ष गिरीराज बिक.ले गरेका थिए भने बिभिन्न वडाका जनप्रतिनिधि हरुको समेत उपस्थिति रहेको थियो ।