बैशाख २३, बेलका । बेलका नगरपालिका भित्र रहेको एक मात्र बेलका जनता क्याम्पसको बैठक आज नगरको सभाहलमा सम्पन्न भएको छ।
क्याम्पसका अध्यक्ष रमण भट्टराईको अध्यक्षतामा बसेको बैठकमा नगर प्रमुख अशोक कार्की, पुर्ब नगर प्रमुख दुर्गा कुमार थापा, वडा नं ३,५,९ का वडाध्यक्षहरु क्रमशः टंक प्रसाद आचार्य, दिपक रेग्मी, भरत घिमीरे, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि साथै क्याम्पस सन्चालक समितीका सदस्य तथा शिक्षा प्रेमी बुद्दिजिवी हरुको सहभागिता रहेको थियो।
आज बसेको बैठकले क्याम्पस सभा तदर्थ समिति गठन, क्याम्पसको बिधान संशोधन मस्यौदा समिति राकेस राई को संयोजकत्वमा ५ सदस्य गठन, आगामी जेठ १५ गते भित्रमा क्याम्पस सभाको बैठक बसेर नया कार्य समितिको गठन गर्ने लगायतका महत्वपुर्ण प्रस्ताव हरुमा बृहत छलफल सहित निर्णय गर्दै सम्पन्न भएको छ।
कार्यक्रमको सन्चालन क्याम्पस लेखा प्रमुख सुमन सागर खतिवडाले गरेका थिए ।