
६ कार्तिक – बेलका। वाइ वाइ दोस्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज सम्पन्न भएको अन्तिम क्वाटर फाइनलमा दुधौली स्पोर्ट्स क्लब, सिन्धुलीलाई १-३ गोल अन्तरले पराजित गर्दै राष्ट्रिय जागृति फुटबल क्लब इटहरी, सुन्सरी सेमिफाइनल प्रवेश गरेको छ।
राष्ट्रिय जागृति क्लबको तर्फबाट सन्दिप लिम्बुले २ गोल, सबिन घिमिरेले १ गोल गरेका थिए भने दुधौली स्पोर्ट्स क्लबको तर्फबाट पुष्प कुमार चौधरीले १ गोल गरेका थिए। आजको म्यान अफ दि म्याच सन्दिप लिम्बु घोषित भए। उनलाई नगद रु.२५००/- साथमा खदा र ट्रफीले आयोजक तथा अतिथिहरुले पुरस्कृत गरे।
“बेलकाको सान, खेलकुद बिकासमा हातेमालो हाम्रो अभियान” भन्ने मुल नाराका साथ ब्रदरहुड फुटबल क्लबको आयोजनामा बेलका ६ रंगशालामा भइरहेको गोल्ड कपको भोलि कार्तिक ७ गते बुधबार JSYC सुन्दर हरैंचा, मोरङ र गाईघाट फुटबल क्लब, उदयपुर बिच दिउँसो २:३० बजेबाट पहिलो सेमिफाइनल खेल हुने आयोजकले बताएको छ।


