
८ कार्तिक – बेलका। वाइ वाइ दोस्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा राष्ट्रिय जागृति क्लब इटहरी, सुनसरीलाई पराजित गर्दै एभरेस्ट फुटबल क्लब बराहक्षेत्र, सुनसरी फाइनल प्रवेश गरेको छ। निर्धारित समयमा १-१ गोलले बराबरी भएपछि ट्राइब्रेकरमा ४-५ गोल अन्तरले जित हासिल गर्दै एभरेस्ट फुटबल क्लब बराहक्षेत्र, सुन्सरी फाइनल प्रवेश गरेको हो।
राष्ट्रिय जागृति क्लबको तर्फबाट पिटर सेगुनले गोल गरेको थिए भने एभरेस्ट फुटबल क्लबको तर्फबाट आकाश राईले गोल गरेका थिए। आजको खेल अत्यन्तै कडा प्रतिस्पर्धात्मक, र पुरै खेल रोचकमय भएको थियो। १-१ गोल मै निर्धारित समय सकिएपछि ट्राईब्रेकरमा खेल धकेलिएको थियो। आजको म्यान अफ दि म्याच एभरेस्ट फुटबल क्लबका आकाश राई घोषित भए। उनलाई नगद रु.२५००/- साथमा खदा र ट्रफी प्रदान गरि आयोजकहरुले पुरस्कृत गरे।
“बेलकाको सान, खेलकुद बिकासमा हातेमालो हाम्रो अभियान” भन्ने मुल नाराका साथ ब्रदरहुड फुटबल क्लबको आयोजनामा बेलका ६ रंगशालामा जारी बेलका गोल्ड कपको फाइनल पर्सि कार्तिक १० गते सनिवार एभरेस्ट फुटबल क्लब बराहक्षेत्र, सुनसरी र गाईघाट फुटबल क्लब, उदयपुर बिच दिउँसो २:०० बजेबाट हुने आयोजकले बताएको छ।
कार्तिक ३ गते सुरु भइ १० गते सम्पन्न हुने यस प्रतियोगिताको बिजेता टिमले नगद रु.१,११,१११/- सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन भने उपबिजेता टिमले नगद रु.५५,५५५/- सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन।


