
२१ जेठ २०८० – बेलका।
उदयपुर जिल्ला बेलका नगरपालिका ९ रामपुरमा अवस्थित बेलका नेटवर्क प्रा.लि. द्वारा संचालित यस बेलका एफ. एम. १००.९ मेगाहर्जको आयोजना तथा बेलका नगरपालिकाको सहजीकरणमा ७ दिने उद्घोषण, पत्रकारिता र रेडियो तालिम बेलका नगरपालिका ९ आदिवासी जनजातीको हलमा आज बाट सुरु भएको छ।
उद्घोषण, पत्रकारिता तथा रेडियो प्रति रुचि राख्नेहरुको क्षमता वृद्धि बिकास गर्ने उद्देश्यकाले यो तालिमको आयोजना गरिएको हो। तालिममा करिब १५ जना सहभागीहरु रहेका छन भने प्रशिक्षकको रुपमा विशेषज्ञ सुनसरीका राजेश बिद्रोही, तिर्थ कार्की र विशाल रसिक रहनु भएको छ।
जेठ २७ गते सम्म हुने तालिमको सुरुवात कुनै औपचारिक कार्यक्रम नगरी सिधै प्रशिक्षण कार्यक्रम सुरु गरिएको हो। समापन कार्यक्रम भने औपचारिक रुपमा हुने जेठ २७ गते हुने छ।

