१९ पौष २०८०, बेलका। बेलका अस्पताल बन्न ढिला भएको भन्दै ५३ जना संघर्ष समिति गठन भएको छ। बेलका नगरपालिका ६ लेकाली टोलमा निर्माण भइरहको रंगशालामा बृहत भेला द्वारा छलफल गरि उक्त समिति गठन भएको हो।
भेला तथा छलफलमा विभिन्न पार्टीका प्रतिनिधि, वडाका अग्रज, टोल बिकास संस्थाका अध्यक्षहरु, सरोकारवाला, स्थानीय लगायतको उपस्थिति रहेको थियो। बृहत भेलाबाट जयराम पुर्वछानेको संयोजकत्वमा ५३ सदस्य गठन भएको छ। उक्त संघर्ष समितिले भोलि बुद्ध चोकमा भेला भइ वडा र नगरमा ज्ञापन पत्र बुझाउने भनेर लिखित निर्णय पास पारित समेत गरेको छ।
बेलका नगरपालिका वडा नम्बर ६ रंगशाला नजिकै १० सैयाको अस्पताल बनाउने भनेर करिब ४ ५ बर्ष अगाडि शिलान्यास भएता पनि अनेकौं विवाद र बाहानामा आजसम्म काम सुरु भएको छैन। जुन बिषय बेला बेला चर्चा मात्र हुने गरेको छ। पुर्व बेलका नगर प्रमुख दुर्गा कुमार थापा(स्वस्ती) को कार्यकालमा शिलान्यास भएको सो अस्पताल वर्तमान नगर प्रमुख अशोक कार्कीले विभिन्न समय, विभिन्न कार्यक्रम र सवालजवाफमा छिट्टै अस्पतालको काम सुरु हुन्छ भने पनि आजसम्म काम सुरु भएको छैन।



