
५ साउन, बेलका । उदयपुर जिल्लाको बेलका नगरपालिकामा १४ वर्ष मुनिको महिला फुटबल एकेडेमी सन्चालन हुने भएको छ। बेलका नगर युवा तथा खेलकुद बिकास समितीको आयोजनामा उदयपुर जिल्लाकै (SEE) मा उत्कृष्ट नतिजा ल्याउन सफल बेलका नगरपालिका वडा नं ४ मा सन्चालित श्री जनता नमुना माध्यमिक बिधालय गुरुङचौरीमा आवासिय सुबिधा सहित निशुल्क गुणस्तरिय शिक्षाका साथमा फुटबल एकेडेमी सन्चालन हुने भएको हो।

आज भएको छनौट खेलको औपचारिक उदघाटन कार्यक्रमका प्रमुख अतिथि,बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले गरेका थिए भने जम्मा १७ जनाको सहभागिता रहेको छनौट खेल श्री जनता माध्यमिक बिधालय बेलका ५ जहडाको खेल मैदानमा भएको थियो। आजको पहिलो चरणको छनौटमा १७ जना मध्ये ४ जना फाईनल छनौट र २ जना वैकल्पिक रुपमा छनौट भएका छन। पुनः अर्को छनौट खेल साउन १४ गते गरिने भएको छ।

बिश्वमै सबै भन्दा प्रसिद्द तथा रुचाईएको फुटबल, नेपालमा पनि अत्यधिक मन पराईएको खेल मध्ये एक पर्दछ। नेपालको बिभिन्न ठाउँमा फुटबलको टोल कप देखी गोल्ड कप सम्म आयोजना भए पनि राज्यले पर्याप्त मात्रामा खेलकुद क्षेत्रको बृति बिकासका लागी लगानी गर्न नसक्नु साथै खेलकुद क्षेत्रलाई ब्यवसायिक बनाउन नसक्नु खेलकुद मार्फत आफ्नो भबिश्य सोच्ने हरुका लागी बिडम्बना भएको छ।

यस फुटबल एकेडेमीको सन्चालनका लागी मुख्य प्राविधिक सहयोग अखिल नेपाल फुटबल संघ (ANFA), ब्यवस्थापक तथा सह-सन्चालक श्री जनता नमुना माध्यमिक बिधालय बेलका ४ र सन्चालक तथा संरक्षक बेलका नगरपालिकाको कार्यालय रामपुर,उदयपुर रहने बेलका नगर युवा तथा खेलकुद बिकास समितीका अध्यक्ष गोपीलाल राईले बताएका छन।
