
१ असोज – बेलका। बेलका नगरपालिका ९ रामपुर बजारमा The ARA Unisex Salon & Skin Care को आज उद्घाटन भएको छ। प्रोप्राइटर रबिता श्रेष्ठ संगै बेलका नगर उप प्रमुख जिरा राई ले रिबन काटेर उद्घाटन गर्नु भएको हो।
उद्घाटन कार्यक्रममा बेलका नगर उप प्रमुख जिरा राई ले बधाई तथा शुभकामना दिदै ब्युटी पार्लर सुन्दरताको लागि मात्रै नभएर स्वस्थ्य संग पनि सम्बन्धित भएकोले यसको महत्त्व रहेको बताउनु भयो। यसरी आफै व्यवसायी बन्नको निमित्त अगाडि बढ्नेहरु संग नगरले पनि आगामी दिनमा समन्वय र सहकार्य गरेर जाने उहाँले बताउनु भयो।
आफ्नै ठाँउमा केही गरौं भन्ने उद्देश्यले रामपुर बजार मै Unisex salon and skin care को सुरुवात गरेको प्रोप्राइटर रबिता श्रेष्ठले बताउनु भयो। यसमा महिला र पुरुष सबैको सुन्दरताको लागि सेवा प्रदान हुनेछ। साथमा तालिम पनि हुनेछ।
