
९ चैत्र – बेलका। बेलका नगरपालिकामा ७ दिने बृहत योग बिज्ञान एवं स्वास्थ्य जागरण शिविर कार्यक्रम २०८१ सम्पन्न भएको छ। गत ३ गते बेलका ६ बुद्ध चोकमा सुरु भएको शिविर आज सम्पन्न भएको हो।
बेलका नगरपालिकाको आयोजना, पतंजली योग समिति उदयपुरको तत्वधान एवं ब्रदरहुड फुटबल क्लब र बुद्ध एकता क्लबको सहयोगमा योग शिविर सम्पन्न भएको हो।
बालबालिकाहरुको लागि बेलुकी ५ बजेबाट त्यसैगरी अभिभावक र अरुको लागि बिहान ४:३० बजेबाट प्रत्येक दिन करिब २ घण्टा शिविर संचालन भएको ब्रदरहुडका संयोजक देबिन मगरले बताउनु भयो। जसमा प्रत्येक बेलुकी करिब ४०० बालबालिका र प्रत्येक बिहान करिब ३०० बढी शिविरमा सहभागी भएको ब्रदरहुडकै जानुका कार्कीले बताउनु भयो।
चैत्र १० गते आइतबारबाट प्रशिक्षक बन्नको लागि विशेष प्रशिक्षण समेत हुने स्वस्थ्य शाखा प्रमुख एवं योग शिविरका संयोजक बिनोद मिश्रले बताउनु भयो।
बेलका नगर प्रमुख अशोक कार्कीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नगर उप प्रमुख जिरा राई, प्रदेश, जिल्ला एवं विभिन्न जिल्लाका योग समितिका प्रमुख तथा प्रतिनिधिहरु, वडा अध्यक्षहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु सहित योग शिविरमा सहभागीहरुको बाक्लो उपस्थिति रहेको थियो।
