
बेलका नगरपालिका वडा नं. ९ रामपुर स्थित सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा सरस्वती डेन्टल केयर सेन्टर र बिरेन्द्र मेडिकल हलको प्राबिधिक सहयोगमा ३ दिने दन्त शिविर आज सम्पन्न भएको छ। सहकारीको आफ्नै भवनमा फागुन १५ गते सुरु भएको उक्त ३ दिने शिविर आज सम्पन्न भएको हो।
शिविरमा १५४ जनाको सहभागी रहेको सहकारीका अध्यक्ष गणेश बस्नेतले जानकारी गराएका छन।