
बेलका नगरपालिका वडा नं. ९ रामपुर स्थित सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा सरस्वती डेन्टल केयर सेन्टर र बिरेन्द्र मेडिकल हलको प्राबिधिक सहयोगमा ३ दिने दन्त शिविर आजबाट संचालन भइरहेको छ। सहकारीको आफ्नै भवनमा उक्त शिविर संचालन भइरहेको छ।

आज शिविरको पहिलो दिन ४८ जनाको सहभागी रहेको सहकारीका प्रबन्धक तेज खड्का ले बताए। शिविर फागुन १७ गतेसम्म बिहान ९:३० बजे देखि बेलुकी ४:३० बजेसम्म संचालन रहने छ। उक्त शिविरको मौकाको फाउदा लिन सबैले सकिने छ।