
२० चैत्र २०८० – बेलका। सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा बेलका नगरपालिकाको सहकार्य र रक्तसञ्चार केन्द्र धरानको प्राबिधिक सहयोगमा बेलका नगरपालिका ९ रामपुर बजार एकदिवसीय रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो। सहयोगी साकोसले अरु बिबिध गतिविधि संगै बर्सेनि रक्तदान कार्यक्रम पनि गर्दै आएको हो। महिला २७ जना र पुरुष १०६ जना गरि जम्मा १३२ जनाले आज रक्तदान गरेको सहकारीका अध्यक्ष गणेश बस्नेतले बताए।