२६ बैशाख, बेलका । उदयपुरको बेलका नगरपालिका -६ मा रहेको श्री जनता मा. बि. पुवारेथुम्काको आयोजना साथै बेलका नगरपालिकाको मुख्य सहयोगमा विद्यार्थी तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
स्कुलले आज एक कार्यक्रमविच विद्यार्थी तथा अभिभावक अभिमुखीकरण कार्यक्रम गरेको हो। कार्यक्रममा स्वागत मन्तव्य बेलका खेलकुद बिकास समितिको अध्यक्ष गोपिलाल राई ले राख्न्नु भएको थियो ।
जेष्ठ नागरिक चौतारी संरक्षक तथा सस्थापक अध्यक्ष (प्रशिक्षक) डा. वालकृष्ण थापा मगरले विद्यार्थीको समग्रह विकासमा अभिभावक, विद्यालय र स्थानीय सरकार भुमिका बारे प्रकाश पार्नु भयो । साथै नयाँ शैक्षिक सत्र संगै विद्यार्थीलाई सिर्जनात्मक, अनुशासित र जिम्मेवार बनाउने उपायहरु प्रस्तुत गर्नु भयो ।
उक्त कार्यक्रमको सभाध्यक्ष वि.व्य.स. अध्यक्ष तेज बहादुर मोते, प्रमुख अतिथि नगर प्रमुख अशोक कार्की, विशेष अतिथि बेलका नगर शिक्षा शाखा प्रमुख हरि कट्टेल, Life line health home care का निर्देशक समीर जोशी, it प्राबिधिक अनिल शाह, युवा नेता सुमन सगार खतिवडा, प्रधानाध्यापक कृष्ण बहादुर निरौला, वडा महिला सदस्य बिभा राई र विभिन्न दलका नेताहरु, सामजसेभी, बुद्धिजीवी, विद्यार्थी, अभिभावक पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
शिक्षिका रमना राई ले कार्यक्रम सन्चालन गर्नु भएको थियो।