
२० फागुन २०८० – बेलका। बेलकामा लेखा व्यवस्थापन तथा कर परामर्श सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ। तपस्या बिजनेश मेनेजमेन्ट प्रा. लि. बबरमहल काठमाडौको आयोजनामा बेलका नगरपालिकाको सभाहलमा उक्त तालिम आज सम्पन्न भएको हो।
३२ जना सहभागी रहेको उक्त तालिममा व्यापार व्यवसायसंग सम्बन्धित व्यवसाय दर्ता प्रक्रिया, लेखा व्यवस्थापन र कर प्रक्रिया बिषयमा केन्द्रित रहेर प्रशिक्षकहरुले सहभागीहरुलाई प्रशिक्षण गराएका थिए। आज भएको तालिमको समापन कार्यक्रममा बेलका नगर उप प्रमुख जिरा राई ले समेत तालिम बारे सम्बोधन गर्दै आफ्नो अनुभवहरु प्रस्तुत गर्नु भएको थियो र तालिमका विषयहरु माथी प्रकाश पर्नु भएको थियो।
तपस्या विजनेश मेनेजमेन्ट प्रा. लि. लेखा, कानुन, कर, वित्त, व्यवस्थापन र सुचना प्रविधिको क्षेत्रमा दक्षता भएका विज्ञहरुको समुहद्वारा वि. स. २०७४ सालमा स्थापना भएको परामर्शदाता कम्पनी हो।