
बेलका, १२ असार।
लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम बेलका नगरपालिका रामपुरमा सम्पन्न भएको छ। “लागु औषध दुरुपयोग विरुद्धको एक्यवद्धता ! ब्यक्ति, समाज र राष्ट्रको प्रतिबद्धता !” भन्ने मुख्य नाराका साथ इलाका प्रहरी कार्यलय रामपुरको आयोजना तथा बेलका नगरपालिका र अन्य संघ संस्थाहरुको समन्वयमा आज जुन २६ का दिन सम्पन्न भएको हो।
इलाका प्रहरी कार्यलय रामपुर का प्रमुख प्रहरी निरीक्षक सुभाष खनालको अध्यक्षता साथै प्रमुख अतिथि बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्की, बिशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, सशस्त्र प्रहरी बल डुड्खोलाका प्रमुख प्रहरी निरीक्षक कमल बहादुर अधिकारी, अतिथिहरुमा बेलका ३ का वडा अध्यक्ष टंक आचार्य, ५ का वडा अध्यक्ष दिपकराज रेग्मी, कार्यपालिकाका सदस्यहरु, जनप्रतिनिधिहरु, नेकपा एमाले बेलका नगर कमिटी अध्यक्ष गणेश बस्नेत, जनता समाजवादी पार्टी नेपालका नगर कमिटी अध्यक्ष सुरेन्द्र खालिङ, अन्य राजनीति दल, भुपु प्रहरी कर्मचारी, सहयोगी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक कर्मचारीहरु, कोशी जनता मा.बि., बरपिपल मा. बि. कमलाबारी, रामपुर पब्लिक एकेडेमीका शिक्षक र विद्यार्थीहरु लगायत करिब २०० जना भन्दा बढीको सहभागी कार्यक्रम सम्पन्न भएको हो।
लागु औषध दुरुपयोग तथा ओसारपसार सम्बन्धि जनचेतनामूलक कार्यक्रममा बेलका नगरपालिकाको पुरानो सभा हलबाट र्याली सुरु गरि रामपुर बजार परिक्रमा समेत गर्नु भएको थियो। उक्त र्यालिमा “हाम्रो चाहाना: लागु औषध रहित, स्वस्थ्य र सुखी जीवनको कामना”, “लागु पदार्थ सेवन नगरौं, सभ्य समाजको निर्माण गरौँ”, “लागु औषध त्यागौ, स्वस्थ्य र सुखी जीवनतर्फ लागौं”, “लागु पदार्थको सेवा: गयो अमुल्य जीवन” आदि नारा रहेको थियो।
फोटो फिचर








