
२६ माघ २०८० – बेलका। उदयपुरको बेलका नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को बिशाल आमसभा सम्पन्न भएको छ। बेलका ६ बुद्ध चोकको खेल मैदान उक्त आमसभा आज सम्पन्न भएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी बेलका नगर कार्यसमितिको आयोजनामा सम्पन्न भएको आमसभालाई केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाही, भक्ति सिटौला, प्रशिक्षण बिभागकी उपप्रमुख खुस्बु ओलि लगायतले सम्बोधन गरेका थिए।
सम्बोधनको क्रममा अहिलेको सरकारले जनताको हितको लागि काम नगरेको भन्दै आउने फागुनबाट आन्दोलन गर्ने समेत बताए। आमसभामा पार्टी प्रवेश कार्यक्रम पनि भएको थियो। जसमा विभिन्न पार्टी परित्याग गरि करिब १०५ जना राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेको आयोजकले बताए।
