१ माघ – बेलका। उदयपुर जिल्लाको बेलका नगरपालिका ६ किरात चोक स्थित नगर स्तरीय साकेला पार्कमा यले दोङ (किरात सम्बत-नयाँ बर्ष) ५०८५ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। किरात राई यायोक्खा बेलका नगर कार्य समितिको आयोजना तथा ३ नम्बर वडा कार्य समितिको सह आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
किरात राई यायोक्खा बेलका नगर कार्य समितिका उपाध्यक्ष निर्मला राई को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि किरात राई यायोक्खा केन्द्रिय उपाध्यक्ष दोर्पाध्वज राई, बिशेष अतिथि बेलका नगर उप प्रमुख जिरा राई, किरात राई यायोक्खाको विभिन्न पदाधिकारी, किरात राईहरुको विभिन्न संगठनको प्रमुख तथा प्रतिनिधिहरु साथै बेलका १ नम्बर देखि ९ नम्बर सम्मको किरात राईहरुको उपस्थिति रहेको थियो।
शुभकामना आदानप्रदान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि दोर्पाध्वज राई ले यले दोङ ५०८५ को बारेमा साथै समग्र किरातिहरुको इतिहास, सभ्यता तथा उत्थानको बिषयमा प्रकाश पार्नु भएको थियो। बिशेष अतिथि जिरा राई ले किरात राई यायोक्खा, साकेला पार्कको लागि आफ्नो तर्फबाट सकेको पहल गर्ने बताउनु भयो। किरात राई यायोक्खा र विभिन्न किरात संगठनका प्रमुख तथा प्रतिनिधिहरु द्वारा शुभकामना आदानप्रदान समेत भएको थियो।
नगर सचिब आर्जे प्रबिण बान्तावा राई ले संचालन गरेको कार्यक्रममा नगर सदस्य कबिता राई(मिकि) ले स्वागत मन्तव्य द्वारा अतिथि एवं उपस्थित सबैलाई स्वागत गरेकि थिइन।