
१ माघ २०८० – बेलका। किरात राई यायोक्खा बेलका नगर कार्य समितिको आयोजनामा यलेसम्बत(यलेदोङ) ५०८४ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। बेलका नगरपालिका ६ बुद्ध चोक/किरात चोक स्थित बेलका नगर स्तरीय साकेला पार्कमा शुभकामना आदानप्रदान कार्यक्रम आज सम्पन्न भएको हो।
किरात राई यायोक्खा बेलका नगर कार्य समितिको उपाध्यक्ष निर्मला राई को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बेलका नगर उप प्रमुख जिरा राई, अतिथिहरु नेपाल आदिवासी जनजाती महासंघ उदयपुरका उपाध्यक्ष नवीन राई, किरात राई यायोक्खा उदयपुर जिल्ला सचिब सुरेन्द्र खालिङ, नेपाल आदिवासी जनजाति बेलका नगर कार्य समितिका अध्यक्ष जित बहादुर मगर, उपाध्यक्ष राम प्रसाद राई लगायत किरात राई यायोक्खा बेलका नगर कार्य समितिका पदाधिकारी, सदस्य, स्थानीय, संबंधित अन्य किराँती एवं गैरकिरातीहरुको उपस्थिति रहेको थियो।
किरातीहरुले प्रत्येक माघ १ गते यलेदोङ भनेर यलेसम्बतलाई नयाँ बर्षको रुपमा मान्दै आएको छ। जस अनुसार आज यलेसम्बत ५०८४ देश तथा बिदेशमा विभिन्न कार्यक्रम गरि मनाएको हो।
