३० बैशाख, बेलका । २५६९ औं बुद्ध जयन्तीको अवसरमा सोमबार बेलका नगरपालिका वडा नं. १ बेलका वाटिका स्थित श्री टसि उर्गेन छेलिङ गुब्बाले शान्ति र्याली निकालिएको हो ।
टसि उर्गेन छेलिङ गुम्बाका अध्यक्ष टिकाराज योन्जन तामाङका अनुसार बिहान गुम्बामा लामाद्वारा पुजापाठ गरि करिब १०:३० बजे गुम्बाबाट र्याली निकालिएको थियो । विश्व शान्तिको काममा गर्दै विभिन्न बाजागाजाको साथमा शान्ति धुन बजाएर आम्बासी र फत्तेपुर जोड्ने पुलसम्म र्याली पुर्याएर पुनः फर्काइएको थियोे ।
सो शान्ति र्यालीलाई गुम्बाका सचिब चन्द्र कुमार तामाङ र भिम बहादुर तामाङले नेतृत्व गर्नु भएको थियो भने किराँत राई यायोक्खा बेलका नगर कमिटीका अध्यक्ष रेनुका राईले दुई काटुन पानी उपलब्ध गराउनु भएको थियो ।
त्यसपछि २:३० बजेको समयमा गुम्बामा पुनः पाठपुजा प्रसाद ग्रहण गरि एक आपसमा शुभकामना आर्दान प्रदान गरि कार्यक्रम समापन गरिएको थियो ।