भदौ ३० बेलका। उदयपुर जिल्लाको बेलका नगरपालिका ८ सोमबारे नजिक बस दुर्घटना भएको छ। बिराटनगर बाट सप्तरीको कंचनपुर रिजर्भ का लागी जाँदै गरेको ना ६ च ४५८८ नम्वरको बस दिउँसो करिब १२:४० को सययमा सडकको किनारामा धसिएको हो। उक्त बस रिजर्भका लागि हिडेको हुदा मानविय क्षती हुन बाट जोगिएको छ।

मदन भण्डारी राजमार्ग अन्तरगत बेलकाको क्षेत्र भित्र रहेको अधिकांश सडक भत्किएको हुँदा यस प्रकारका सानातिना धेरै दुर्घटनाहरु हुने गरेका छन। सवारी चालकको भनाइ लाई उदृत गर्दा आजको दुर्घटना खाल्डो लाई जोगाउदै गर्दा भएको बताएका छन। यस सडक लाई तत्काल मर्मत सम्भार नगरे यो भन्दा ठुला दुर्घटनाहरु हुन सक्ने कुरा लाई मध्यनजर गर्दै सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।