२७ फागुन – बेलका। नेपालका लागी फ्रान्सेली राजदूत भर्जिनी कार्टेभललाई उदयपुरको बेलका नगरपालिकामा स्वागत कार्यक्रम गरिएको छ। नगर अस्पतालको हलमा आज एक समारोह बिच नगर प्रमुख अशोक कार्की, नगर उप-प्रमुख जिरा राई, वडा अध्यक्षहरु, निमित्त प्रमुख प्रशासकीय अधिकृत रबिकिरण आचार्य, कार्यपालिका सदस्यहरु, शाखा प्रमुख तथा प्रतिनिधिहरु, लगायतले उहाँलाई स्वागत गर्नु भएको हो।
नगर प्रमुख कार्कीको अनुरोध ACF Nepal kaa country director डा. ओजस्वी आचार्यको पहल संगै बेलका नगरपालिकामा संचालित साहारा नेपालको सहयोगमा बहुक्षेत्रिय पोषण सम्बन्धि कार्यक्रम अनुगमन र विपद प्रभावित क्षेत्रमा भएगरेको कार्यक्रमको अवलोकनका लागि कोर्टेभललाई नगरको सभाहलमा स्वागत गरेको हो।
राजदूत कोर्टभोलले नेपाल र फ्रान्सबीच राम्रो सम्बन्ध रहेको बताईन। उहाँलेपहिलो पटक स्थानीय तहहरु मध्येमा भ्रमण गर्ने क्रममा बेलका नगरपालिकालाई रोजेको बताउनु भयो।
कार्यक्रममा डा. आचार्यले ACF Nepal को तर्फबाट बेलका नगरपालिकामा भए गरेका पोषण सम्बन्धिका कामको चर्चाका साथै आगामी आ. व. मा गर्ने कार्यक्रमको बारेमा सुझाउनुभएको थियो।
बेलका नगर उप प्रमुख राईले नगरपालिकाले महिला बालबालिका र पोषण सम्बन्धि नगरपालिकाले गरेको अभ्यास र अनुभव संगै आएका चुनौतीको विषयमा जानकारी गराउनु भयो।
नगर अस्पतालमा पोषण सम्बन्धि विविध कार्यक्रमहरुको आयोजना गरि पोषणयुक्त बालबालिका अभिभावकलाई मायाको चिनो, नगद पुरस्कार सहित सम्मान समेत गरिएको थियो।