
२८ माघ २०८० – बेलका। प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति बेलका नगरपालिकाको आयोजनामा एक दिन बिशेष प्रशिक्षण तथा जनजागरण अभियान कार्यक्रम सम्पन्न भएको छ। बेलका नगरपालिका ९ आदिवासी जनजातिको सभाहलमा उक्त कार्यक्रम आज सम्पन्न भएको हो।
कार्यक्रममा पुर्व मन्त्री तथा संघर्ष समिति उदयपुरका इन्चार्ज गोपाल किराती, जनता समाजबादी पार्टी नेपाल किरात राष्ट्रिय समितिका उपाध्यक्ष गणेश राई, किरात राई यायोक्खा केन्द्रिय सदस्य मणि कुमार राई, उदयपुर जिल्ला सचिब सुरेन्द्र खालिङ राई ले प्रशिक्षण गराएका थिए।
प्रशिक्षण कार्यक्रममा आदिवासी जनजाति महा संघ उदयपुर जिल्लाका उपाध्यक्ष नबिन राई, चौदण्डिगढी नगरका अध्यक्ष मनकुमार राई लगायत विभिन्न जातजाति संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र प्रशिक्षणमा करिब एक सय भन्दा बढीको सहभागी रहेको थियो।
प्रशिक्षण कार्यक्रम संगै जित बहादुर मगरको संयोजक र सुरेन्द्र खालिङ राई को सह संयोजकमा १०३ संघर्ष समिति पनि गठन भएको आयोजकले बताएको छ। आदिवासी जनजाति महा संघ बेलका नगर समितिको अध्यक्ष जित बहादुर मगर को अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रम किरात राई यायोक्खा बेलका नगर समिति कि सदस्य रेनुका राई ले स्वागत मन्तव्य राखेकी थिइन।