२० असार, बेलका। बेलका नगरपालिकाको पालिका स्तरीय पुर्ण खोप सुनिस्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ। बेलका नगरपालिकाको आयोजना एवं प्रदेश सरकार १ नं. प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य कार्यलय रामपुरको समन्वय र सहयोगमा बेलका नगरपालिकाको सभा हलमा आज सम्पन्न भएको हो।
बेलका नगरपालिकाको नगर प्रमुख अशोक कार्कीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि उदयपुर जिल्ला प्रमुख अधिकारी जनार्दन गौतम, बिशेष अतिथि प्रदेश नं. १ कि पुर्व सांसद अम्बिका थापा, बेलका नगर उप प्रमुख जिरा राई, प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, वडा अध्यक्षहरु, बेलका स्वस्थ्य प्रमुख बिनोद मिश्र, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा प्रमुख तथा निकाय, स्वस्थ्य प्रमुख तथा स्वास्थ कर्मीहरु, पत्रकार लगायतको उपस्थिति थियो।
“सात पटक टुक्क सधैंलाई ढुक्क” त्यसैगरी “पुर्ण खोप सुनिस्चित भबिस्य” भन्ने मुख्य नाराका साथ संचालन भएको कार्यक्रममा वक्ता तथा अतिथिहरुले खोप लगाउन किन आवस्यक र्छ ? र किन महत्त्वपूर्ण छ ? भन्ने बारे समेत प्रकाश पार्नु भएको थियो। अहिले खोप लगाउनु अनिवार्य आवश्यक भएको जिकिर गर्दै खोप लगाउनबाट कोहि पनि नछुट्न र नछुटाउन समेत आग्रह गर्नु भयो।
बेलका नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत चेतनाथ गौतमले संचालन गर्नु भएको सो कार्यक्रमका अतिथि तथा उपस्थित सबैलाई बेलका नगर उप प्रमुख जिरा राई ले स्वागत मन्तव्य द्वारा स्वागत गर्नु भएको थियो।
फोटो फिचर









