२० जेठ, बेलका । उदयपुर जिल्ला बेलका नगरपालिकाको वडा नं ८, सिसौलिमा खरबारी भित्र लुकाई छिपाई राखिएको अवस्थामा ठुलो परिणामको गाजा फेला परेको छ।
रामपुर ईलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरीबल नेपाल सुरक्षा बेस क्याम्प डुडखोलाको संयुक्त गस्ति टोलिले बिहान ७ बजेको हाराहारीमा अन्दाजी २७९ केजी गाजा फेला पारेको थियो। त्यसै गरी थप आशंकामा खोजि गर्ने क्रममा सोही एरियामा बेलुका पुनः ७ बजेको आसपास अन्दाजी ३०० केजी गाजा सङै ओसारपसार का लागि नदिमा प्रयोग गरिने ट्युब हरु समेत फेला पारेको छ। र यस कारोबारमा संलग्न ब्यक्ति हरुको खोजिकार्य जारी रहेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक (ईन्सपेक्टर) ऋषीराज ढकालले रेडियो बेलका एफ.एम. लाई बताउनु भएको छ।

बिशेष गरेर बेलकाको बिभिन्न क्षेत्रमा गाजा तथा लागुऔषधको अत्यधिक मात्रामा प्रयोग तथा कारोबार बढेको हुनाले। यसका लागी स्थानिय सरकार,प्रहरी प्रसाशन र स्थानिय नागरिकहरुले न्युनिकरणका लागी बिशेष कार्यक्रम संगै पहल नगरे गम्भिर संकट उत्पन्न हुने तर्फ सबैको ध्यानाकर्षण हुन जरुरी छ।
फोटो श्रोत,बेलका आवर